राज बस्नेतकाे प्रेमकथामा आधारित गीत ‘हिँडेको बाटो’

हिमाल प्रेस ४ फागुन २०८१ १६:४३ | Sunday, February 16, 2025
राज बस्नेतकाे प्रेमकथामा आधारित गीत ‘हिँडेको बाटो’

काठमाडौँ- पत्रकार राज बस्नेतको स्वरमा ‘हिँडेको बाटो’ बोलको गीत सार्वजनिक भएको छ। प्रवित्रा राईकाे शब्द रहेको गीतमा उनले नै संगीत भरेकी छन्।

प्रेम कथामा आधारित गीतको भिडियोमार्फत पतिपत्नीबीच हुने उतारचढावमा आवेग हाेइन, समझदारीसँगै अघि बढ्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ। भिडियोमा कलाकार रियर राई र स्मृति राई क्लुमरले अभिनय गरेका छन्।

हाम्रो स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ विषम आचार्यले गरेका हुन्। करिब एक दशक पत्रकारिता गरेका बस्नेत हाल पत्नीसँगै अस्ट्रेलियामा छन्। उनले प्रणय दिवसका अवसरमा आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन्।

यस्तो छ गीत

प्रकाशित: ४ फागुन २०८१ १६:४३ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast