प्रदर्शनीमा थरिथरिका कला

विनोद परियार १३ फागुन २०८१ २१:१० | Tuesday, February 25, 2025
4
SHARES
प्रदर्शनीमा थरिथरिका कला

लुम्बिनी- लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनीमा थरिथरिका कलाहरू राखिएको छ। फागुन १० गतेदेखि सुरु भएको प्रदर्शनीमा लुम्बिनीका १२ जिल्लाका कलाकारले सिर्जना गरेका चित्रकला, मूर्तिकला, काष्ठकला, पेन्टिङहरू प्रदर्शनीमा राखिएका छन्। १२३ जना कलाकारको १८० कलाकृति प्रदर्शनीमा छन्। प्रदर्शनीमा राखिएका कलाहरुमा दर्शकहरु आकर्षित भएका छन्।

मंगलबार लुम्बिनी प्रदेशका सभामुख तुलारा घर्ती मगरले अवलोकन गर्दै कलाले लोभ्याएको बताए। ‘धेरै कलाकारहरुले प्रकृति, समाज, मानव चिन्तन कलामा उतारेको देख्दा निकै खुसी भए,’ सभामुख घर्तीले भने, ‘प्रदर्शनीमा कलाकारहरूको क्षमता देखिएको छ।’

उनले प्रदर्शनीमा देखिएको कलाको संरक्षणका लागि राज्यले उचित ध्यान दिनुपर्ने बताए। प्रदर्शनीमा मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन्। मुख्यमन्त्री सहित, प्रदेशका मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि, विद्यार्थी, समाजसेवीहरूले अवलोकन गरिरहेका छन्। विशेष गरी विद्यार्थीहरूले प्रदर्शनीको अवलोकन पश्चात धेरै ज्ञान प्राप्त गरेको बताएका छन्।

प्रदर्शनीअन्तर्गत मंगलबार लुम्बिनीमा ललितकलाका विषयमा छलफल समेत गरिएको छ। कला इतिहास रहेकाले लुम्बिनी सरकारले समेत प्रज्ञा प्रतिष्ठान बनाउनुपर्ने ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले बताए।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना, नेपाल व्यावसायिक कलाकार संघ, रुपन्देहीको सह–आयोजना तथा बुटवल नगरपालिका, तिलोत्तमा नगरपालिकाको सहकार्यमा सञ्चालित प्रदर्शनी बुधबार सकिनेछ।

प्रकाशित: १३ फागुन २०८१ २१:१० | Tuesday, February 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast