प्रतिनिधिसभा बैठक बस्दै, आमसञ्चार परिषद् विधेयक पेस हुँदै

हिमाल प्रेस १३ फागुन २०८१ ७:५८ | Tuesday, February 25, 2025
प्रतिनिधिसभा बैठक बस्दै, आमसञ्चार परिषद् विधेयक पेस हुँदै प्रतिनिधिसभाको आइतबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ-  प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ। दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

मन्त्री पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

त्यस्तै उनले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। मन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: १३ फागुन २०८१ ७:५८ | Tuesday, February 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast