प्रतिनिधिसभा बैठक [प्रत्यक्ष प्रसारण]

हिमाल प्रेस १२ फागुन २०८१ १३:१२ | Monday, February 24, 2025

काठमाडौँ- प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। यसैगरी गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

सांसद शेरबहादुर कुँवरले ‘सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकहरुले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा नेपाल सरकार र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकम अभावले गर्दा सेवाबाट वञ्चित हुने अवस्था आएकोले उक्त अस्पतालहरुबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने’ भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराउनेछन् भने उक्त प्रस्तावमाथि सांसदहरू दयालबहादुर शाही र पुष्पबहादुर शाहले स्पष्टीकरण माग गर्ने कार्यसूची छ।

प्रकाशित: १२ फागुन २०८१ १३:१२ | Monday, February 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast