काठमाडौँ- प्रतिनिधिसभाको बैठक मंगलबार संसद् भवन नयाँबानेश्वरमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, ०७९/८०’ पेस गर्ने कार्यसूची छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विद्युतीय व्यापार (ई कमर्स) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
प्रकाशित: ६ फागुन २०८१ १३:१९ | Tuesday, February 18, 2025
प्रतिक्रिया





