पोखरामा बेलुन विष्फोट प्रकरण : बेलुनमा हाइड्रोजन ग्यास भर्ने पक्राउ

हिमाल प्रेस ७ फागुन २०८१ ७:४७ | Wednesday, February 19, 2025
पोखरामा बेलुन विष्फोट प्रकरण : बेलुनमा हाइड्रोजन ग्यास भर्ने पक्राउ पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा शनिबार बेलुन फुट्दा सल्किएको आगो। तस्बिर : विजय नेपाल

काठमाडौँ- पोखरामा अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते हुने विष्फोट हुने बेलुनमा हाइड्रोजन ग्यास भर्ने एक व्यक्ति पक्राउ परेका छन्।

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा बलुनमा हाइड्रोजन ग्यास भर्ने ४१ वर्षीय कमलेस कुमारलाई प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बलुन बिस्फोट भएको थियो। सोही दिन कमलेसलाई पक्राउ गरेको प्रहरीले बताएको छ।

प्रकाशित: ७ फागुन २०८१ ७:४७ | Wednesday, February 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast