पाशुपत क्षेत्रमा महाशिवरात्रिको चहलपहल [तस्बिरहरू]

हिमाल प्रेस १२ फागुन २०८१ १३:५६ | Monday, February 24, 2025
पाशुपत क्षेत्रमा महाशिवरात्रिको चहलपहल [तस्बिरहरू] काठमाडौँको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्न पुगेका भक्तजन । तस्बिर : रासस

काठमाडौँ– पाशुपत क्षेत्रमा महाशिवरात्रिको चहलपहल सुरु भएको छ। पशुनाथ क्षेत्रमा साधुसन्त भेला हुन थालेका छन् भने पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सहजताका लागि व्यवस्थापन गरिरहेको छ। यस वर्ष शिवरात्रि बुधबार परेको छ। शिवरात्रिमा देशविदेशबाट ठूलो संख्यामा दर्शनार्थीहरू पाशुपत क्षेत्रमा भेला हुन्छन्।

यसैबीच सोमबार महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा निकालिएको छ। कोषको आयोजनामा पशुपतिनाथ मूल मन्दिरअघिको पश्चिम ढोकाबाट सुरु भएको शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गरेका थिए।

शोभायात्रा पश्चिम मूल ढोकाबाट भुवनेश्वरी चोक, चारशिवालय, पिंगलास्थान, गौशाला, जयवागेश्वरी, सिफल, लामपोखरी, चाबहिल गणेशस्थान, चाबहिलचोक, मित्रपार्क, उमाकुण्ड हुँदै भुवनेश्वरी चोकमा पुगेर समापन भएको थियो।

शोभायात्रामा मन्त्री पाण्डे र राज्यमन्त्री अरुणकुमार चौधरी, सचिव विनोदप्रकाश सिंह, कोषका सदस्यसचिव डा. मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्यहरू, कोषका कर्मचारी, स्थानीय संघसंस्थाका प्रतिनिधि, साधुसन्तलगायतको उपस्थिति थियो।

तस्बिरहरू : रासस

प्रकाशित: १२ फागुन २०८१ १३:५६ | Monday, February 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast