पन्चा सिंहलाई माओवादीमा विद्यार्थीका दुई जिम्मेवारी

हिमाल प्रेस २८ माघ २०८१ १०:५६ | Monday, February 10, 2025
पन्चा सिंहलाई माओवादीमा विद्यार्थीका दुई जिम्मेवारी तस्बिरः पञ्चा सिंहको फेसबुकबाट।

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीकी निवर्तमान अध्यक्ष पन्चा सिंहलाई पार्टीले विद्यार्थी हेर्ने दुई जिम्मेवारी दिएको छ।

सिंहलाई विद्यार्थीको सह इन्चार्जका साथै विद्यार्थी विशेष महाशाखाको समेत इन्चार्ज हेर्ने जिम्मेवारी दिइएको छ। उनी यसअघि क्रान्तिकारीको अध्यक्ष थिइन्।

उनी पार्टी केन्द्रीय सदस्य समेत हुन्। उनी विद्यार्थी राजनीतिबाट बाहिरिनुअघि नै केन्द्रीय सदस्यमा मनोनीत भएकी थिइन्। विद्यार्थीको पार्टी इन्चार्ज हिमाल शर्मा यथावत् छन्।

प्रकाशित: २८ माघ २०८१ १०:५६ | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast