निजामती विधेयक निष्कर्षमा पुर्‍याउन उपसमिति गठन

हिमाल प्रेस ९ फागुन २०८१ १५:५२ | Friday, February 21, 2025
निजामती विधेयक निष्कर्षमा पुर्‍याउन उपसमिति गठन

काठमाडौँ– निजामती विधेयकलाई टुंगो लगाउन उपसमिति गठन भएको छ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकलाई निष्कर्षमा पुर्‍याउन समितिका सदस्य दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको हो।

समितिको बैठकमा सभापति रामहरि खतिवडाले उपसमिति गठनको प्रस्ताव गरेका थिए।

उपसमितिमा सांसद अशोककुमार राई, ईश्वरी न्यौपाने, चन्दा कार्की, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे छन्।

उपसमितिलाई एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। समितिमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८०’ माथि छलफल चलिरहेको छ।

प्रकाशित: ९ फागुन २०८१ १५:५२ | Friday, February 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast