काठमाडौँ- त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सेवा आयोगको कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न पदका कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ।
प्रशासनिक र प्राविधिक पदहरूमा बढुवा, आन्तरिक तथा खुला, प्रतियोगिताद्वारा पदोन्नति तथा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिससम्बन्धी विनियम अनुसार कर्मचारी माग भएको सूचनामा उल्लेख छ।
योग्यता पुगेका नेपाली नागरिकले चैत ११ गतेभित्र आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर बुझाएर चैत १८ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।
प्रकाशित: ६ फागुन २०८१ १२:०५ | Tuesday, February 18, 2025
प्रतिक्रिया




