ज्ञानेन्द्र शाहलाई गैरेले भने : यो व्यवस्थाले दिएको आसनमा बस्नुहोस्, आँखा नझिम्काइबक्सियोस्

हिमाल प्रेस १३ फागुन २०८१ १५:१५ | Tuesday, February 25, 2025
ज्ञानेन्द्र शाहलाई गैरेले भने : यो व्यवस्थाले दिएको आसनमा बस्नुहोस्, आँखा नझिम्काइबक्सियोस्

काठमाडौँ- नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो व्यवस्थाले दिएको आसनमा बस्न र फेरि राजा हुन आँखा नझिम्काउन चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद गैरेले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट जारी वक्तव्यप्रति लक्षित गर्दै यो व्यवस्थाले दिएको आसनमा मात्र बस्न चेतावनी दिएका हुन्।

‘पूर्वराजा ज्ञानेन्द्र शाहबाट अपमान भयो। प्रजातन्त्रप्रति विषवमन गर्ने कोसिस गरे। जननेता मदन भण्डारीले २०४६ सालको परिवर्तनलगत्तै तत्कालीन राजाले संविधानको केही प्रावधान उल्लंघन गर्ने प्रयास गरेपछि भन्नुभएको थियो– महाराज! हात नलम्काइबक्सियोस्, आँखा नझिम्काइबक्सियोस्। यो व्यवस्थाले दिएको आसनमा बस्नुहोस्। हामीलाई कुनै आपत्ति छैन। तर, संविधान उल्लंघनको कोसिस भयो भने राजतन्त्रको समाप्तिलाई कसैले रोक्न सक्ने छैन्’, उनले भने।

नेता गैरेले तत्कालीन राजा वीरेन्द्रकै गल्ती ज्ञानेन्द्रले गर्दा राजतन्त्र ढलेको दाबी गरे। उनले भने,‘निरंकुशता लाद्ने, दलहरूलाई बन्देज लगाउने काम गरे। त्यसको परिणाम निरंकुश राजतन्त्र ढल्यो। २४० वर्षदेखिको राजाले गरिरहेको ब्रह्मलुटको अन्त्य भयो। आज जनताले बोल्न पाउने, लेख्न पाउने, चुन्न र चुनिन पाउने, आफ्ना जनतासँग चुनिएर राष्ट्रपति, प्रधानमन्त्री हुन पाउने सुनिश्चितता भएको छ,’ उनले भने।

प्रकाशित: १३ फागुन २०८१ १५:१५ | Tuesday, February 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast