जुलुस र हुलदंगाले लगाइएको फुङलिङको कर्फ्यु हटाइयो

हिमाल प्रेस १४ फागुन २०८१ ७:५६ | Wednesday, February 26, 2025
जुलुस र हुलदंगाले लगाइएको फुङलिङको कर्फ्यु हटाइयो

काठमाडौँ- ताप्लेजुङमा लगाइएको निषेधाज्ञा मंगलबार राति ११ बजेदेखि हटाइएको छ।

जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

जिल्ला प्रशासन ताप्लेजुङले गत माघ ११ गते बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो। फुङलिङ नगरपालिका बजार क्षेत्रमा सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा, झडप तथा शान्ति सुरक्षामा असर पार्ने परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइएको थियो।

‘नो केबलकार’पक्षले राँके जुलुस निकालेपछि ताप्लेजुङ प्रशासनले कर्फ्यु लगाएको थियो।

प्रकाशित: १४ फागुन २०८१ ७:५६ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast