च्याम्पियन्स लिग : हारले संकटमा सिटी, ‘सहज यात्रा’मा रियल

हिमाल प्रेस ३० माघ २०८१ ७:०१ | Wednesday, February 12, 2025
च्याम्पियन्स लिग : हारले संकटमा सिटी, ‘सहज यात्रा’मा रियल तस्बिर : एपी/ रासस

काठमाडौँ- च्याम्पियन्स लिगमा रियल मड्रिडसँगको हारले इंग्लिस टिम म्यानचेस्ट सिटी संकटमा परेको छ। सिटीको होम मैदानमा खेलको अन्तिम मिनेटमा बराबरी गुमाउँदा अन्तिम १६ को यात्रा कठिन बनेको छ। सिटीका लागि फरवार्ड
एर्लिङ हालान्डले दुई गोल गर्दा समेत जितका लागि पर्याप्त बनेन।

मंगलबार रातिको पहिलो लेगमा रियल मड्रिडसँग ३–२ ले हार व्यहोर्दा रियलका लागि केलियन एकबाप्प, ब्राहिम डियाज र जुड बेलिंघमले एक गोल गरे। खेलको पहिलो हाफमा नै १-० ले पछि परेको रियलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो।

पहिलो हाफको १९ औँ मिनेटमा हालान्डको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको ६० औँ मिनेटमा एमबाप्पलेको गोलमा रियल खेलमा फर्कियो। ८० औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गरेपछि सिटीले पुनः अग्रता बनाएपनि त्यसलाई लामो समय जोगाउन सकेन।

८६ औँ मिनेटमा डियाजको गोलमा रियलले खेललाई पुनः बराबरीको स्थितिमा ल्याएको थियो। इन्ज्युरी समयमा बेलिंघमले गोल गरेपछि रियलले पहिलो लेगमा संर्घषपूर्ण जित निकालेको हो।
अबको दोस्रो खेल रियलको होम मैदानमा सिटीसँग भेट हुनेछ। सिटीका लागि अर्को खेल जित अनिवार्य छ। घरेलु मैदानमा सिटीले अवसर गुमाउँदा रियललाई पुगेको छ। अर्को खेलमा रियलले बराबरी गर्दा मात्रै पनि अन्तिम १६ मा स्थान बनाउनेछ।

प्रकाशित: ३० माघ २०८१ ७:०१ | Wednesday, February 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast