चुनावअघि नै कांग्रेसको महाधिवेशन गर्नुपर्छ : नेता कोइराला

हिमाल प्रेस ८ फागुन २०८१ २०:०५ | Thursday, February 20, 2025
चुनावअघि नै कांग्रेसको महाधिवेशन गर्नुपर्छ : नेता कोइराला

सुर्खेत– नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले आगामी निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन्।

सुर्खेतमा बिहीबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले भने, ‘अहिले कांग्रेस पूरै संस्थापन पक्ष हो। हामी सबै एउटै हो। कांग्रेसको विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्छ। चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ।’

उनले आगामी महाधिवेशनमा आफू सभापति पदको उम्मेदवारका रुपमा अघि बढेको बताए। कोइरालाले भने, ‘सबै एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ। सरकार पनि यसमा गम्भीर बन्नुपर्छ।’

अहिलेको सत्ता गठबन्धनले सात बुँदे समझदारी गरेको तर त्यो कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो। दुई ठूला दल मिले निरंकुशता हुन्छ भन्ने कुरा गलत भएको उनले बताए। कांग्रेस सत्तामा भए पनि आफूहरुले खबरदारी गरिरहेको कोइरालाको भनाइ थियो।

प्रकाशित: ८ फागुन २०८१ २०:०५ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast