केआईआईटीमा अध्ययनरत १२६ विद्यार्थी नेपाल फर्किए

हिमाल प्रेस ७ फागुन २०८१ १८:३६ | Wednesday, February 19, 2025
केआईआईटीमा अध्ययनरत १२६ विद्यार्थी नेपाल फर्किए फाइल तस्बिर : बीरगन्ज सिटी

वीरगञ्ज (पर्सा)- भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययरत एक सय २६ जना विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन्।

केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थीहरू असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन्। जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले आज (मंगलबार) एक सय तीन छात्र र २३ छात्रा फर्किएको जानकारी दिए।

फर्किएका विद्यार्थीले केआईआइटीका प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको उनले जानकारी दिए। रासस

प्रकाशित: ७ फागुन २०८१ १८:३६ | Wednesday, February 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast