किन सर्‍यो प्रेस चौतरीको महाधिवेशन?

हिमाल प्रेस १६ फागुन २०८१ १२:५४ | Friday, February 28, 2025
किन सर्‍यो प्रेस चौतरीको महाधिवेशन?

काठमाडौँ- प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनको मिति सरेको छ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले महाधिवेशन आगामी चैत १० देखि १२ गते कोशी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए।

यसअघि फागुन २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो। उनका अनुसार पूर्वनिर्धारित समयमा प्रदेश र जिल्ला अधिवेशन सम्पन्न हुन नसकेको कारण महाधिवेशनको मिति सार्नु परेको हो।

उनले प्रेस चौतारी नेपालको १०औँ महाधिवेशनलाई श्रमजीवी पत्रकारहरूको उत्सवका रुपमा सम्पन्न गर्ने बताए।

प्रकाशित: १६ फागुन २०८१ १२:५४ | Friday, February 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast