 
                             
                                            काठमाडौँ- काठमाडौँको सतुंगल क्षेत्रमा शनिबार पाँच घन्टा विद्युत अवरुद्ध हुने भएको छ।नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको सतुंगल फिडर अन्तर्गतका क्षेत्रहरूमा शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरूद्ध हुने भएको हो।
उक्त फिडर अन्तर्गत पर्ने कन्चन गेट, बेसी गाउँ, बौथली, सतुंगल चोक लगायतका क्षेत्रमा विद्युत लाइन काटिने प्राधिकरणले जनाएको छ।
निर्धारित काम तोकिएको समय अगाडि नै सम्पन्न भए त्यसअगाडि नै विद्युत सेवा सुरु हुने प्राधिकरणले जनाएको छ।
                            प्रकाशित: १० फागुन  २०८१ ७:२१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 