कांग्रेसको वक्तव्यप्रति सूर्य थापाको कटाक्ष : कुप्रचार, दुष्प्रचार, झूटो, तथ्यहीन र षड्यन्त्र

हिमाल प्रेस ३ फागुन २०८१ ११:४३ | Saturday, February 15, 2025
कांग्रेसको वक्तव्यप्रति सूर्य थापाको कटाक्ष : कुप्रचार, दुष्प्रचार, झूटो, तथ्यहीन र षड्यन्त्र

काठमाडौँ- नेकपा एमाले नेता एवं प्रतिनिधिसभा सदस्य सूर्य थापा र नेपाली कांग्रेस प्युठान जिल्ला कार्य समितिबीच वक्तव्यबाजी चलिरहेको छ। थापालाई प्युठान कांग्रेसले एकमना गरेको, अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको र माइन्युट च्यात्न लगाएकोजस्ता गम्भीर आरोप लगाएको लगाएको छ।

थापाले सार्वजनिक कार्यक्रमै ‘क्याटवाक् गर्दै हिँडेर विकास हुन्छ’ भन्दै कांग्रेसप्रति कटाक्ष प्रस्तुत गरेको गुनासो कांग्रेसले गरेको छ। यता थापा भने कांग्रेसको वक्तव्यको प्रतिउत्तरमा उत्रिएका छन्। उनले सामाजिक सञ्जालमार्फत कांग्रेसको वक्तव्यलाई कुप्रचार, दुष्प्रचार, झूटो, तथ्यहीन र षड्यन्त्र भएको आरोप लगाएका छन्।

उनले आफू प्युठानको विकासमा लागेको बताएका छन्। ‘चालू आ.ब.मा बाग्दुला- मच्छी सडकको लागि मेरो सिफारिसमा १ करोड बजेट छुट्टाएर दुईपटक ठेक्का लागिसकेको छ र बाग्दुला पुलको जिरो बिन्दुबाट निर्माण व्यवसायीले काम गरिरहेको अवस्था छ। यस बजेट शीर्षकमा कम्तिमा छ करोड रकम चालू आ.ब.मै थप बजेटका लागि सिफारिस गरेर कोसिश गरिरहेको छु।’ थापाले भनेका छन्।

उनले नेपाली कांग्रेस प्युठानका केही व्यक्ति कुप्रचारमा लागेको बताएका छन्। उनले महिला कांग्रेसकै कार्यकर्तालाई बोल्न लगाएर ‘क्याटवाक’का क्रममा दिउँसै रात पार्ने कोशिस गरेको आरोप लगाएका छन्।

प्रकाशित: ३ फागुन २०८१ ११:४३ | Saturday, February 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast