एकीकृत समाजवादीका नेता सापकोटाको निधन

हिमाल प्रेस ८ फागुन २०८१ ९:१० | Thursday, February 20, 2025
एकीकृत समाजवादीका नेता सापकोटाको निधन

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं संविधानसभा सदस्य विदुर सापकोटाको निधन भएको छ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य लक्ष्मण लम्सालका अनुसार उनको बिहीबार बिहान ३ः२५ बजे काठमाडौँको हेल्पिङ ह्यान्ड्स अस्पतालमा निधन भएको हो।

ज्वरो आएपछि सापकोटा गत फागुन ४ गते अस्पताल भर्ना भएका थिए। २०२२ साल भदौ २२ गते जन्मिएका सापकोटा नेकपा एमाले काभ्रेपलाञ्चोकको १४ वर्ष पार्टी प्रमुख भएका थिए।

उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन काभ्रे–४ बाट निर्वाचित भएका थिए।

प्रकाशित: ८ फागुन २०८१ ९:१० | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast