आहा रारा पोखरा गोल्डकपको उपाधि भिडन्त आज : कसले बनाउला इतिहास?

हिमाल प्रेस ३ फागुन २०८१ ७:१५ | Saturday, February 15, 2025
आहा रारा पोखरा गोल्डकपको उपाधि भिडन्त आज : कसले बनाउला इतिहास?

काठमाडौँ- आहा रारा पोखरा गोल्डकपको २४ औँ संस्करणको उपाधि भिडन्त आज। आहा रारा पोखराले नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको प्रतिस्पर्धाबाट आज (शनिबार) एक नयाँ च्याम्पियन पाउनेछ।

पोखरा रगंशालामा हुने खेल दिउँसो दुई बजेपछि सुरु हुनेछ। आहा राराको ११ औँ संस्करणको फाइनल खेल्न लागेको पुलिस क्लब पाँच वर्षपछि उपाधि होडमा छ। पुलिस क्लब आजको खेलमा उज्वेकिस्तानको टोलीलाई हराउँदै सातौँ पटक उपाधि जित्न चाहन्छ।

पुलिस क्लबले आज उपाधि जिते सर्वाधिक सात पटक उपाधि जित्ने पहिलो टोली बन्नेछ। आहा राराको इतिहासमा मनाङ र पुलिस क्लबले सर्वाधिक ६ पटक उपाधि जितेका छन्। थ्री स्टारको नाममा ५ वटा उपाधि रहेको छ। संकटा क्लब दुईपटक च्याम्पियन बन्दा आयोजक सहारा क्लब, अफ्रिकन युनाइटेड, एपिएफ र त्रिभुवन आर्मी क्लबले समान एकएक पटक उपाधि उचालेका छन्।

प्रतियोगिताको उपाधिमा ह्याट्रिक गर्ने पुलिस एक मात्र टोली हो। पहिलो र दोस्रो संस्करणको विजेता पुलिस २०६४ पछि लगातार तीन वर्ष च्याम्पियन बनेको थियो।

प्रकाशित: ३ फागुन २०८१ ७:१५ | Saturday, February 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast