आईसीसी च्याम्पियन्स ट्रफी : कुनै खेल नजितेर बाहिरियो आयोजक पाकिस्तान

हिमाल प्रेस १५ फागुन २०८१ २०:११ | Thursday, February 27, 2025
आईसीसी च्याम्पियन्स ट्रफी : कुनै खेल नजितेर बाहिरियो आयोजक पाकिस्तान फाइल तस्बिर / आईसीसी

काठमाडौँ- आईसीसी च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत बिहीबार पाकिस्तान र बंगलादेशबीचको खेल रद्द भएको छ। रावलपिन्डी क्रिकेट स्टेडियममा वर्षाका कारण खेल रद्द भएको हो।

बिहीबारको खेल रद्द भए पनि प्रतियोगितामा भने कुनै असर नपर्ने भएको छ। किनभने पाकिस्तान र बंगलादेश यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ।

आयोजक राष्ट्र पाकिस्तानले पहिलो खेल न्युजिल्यान्डविरूद्ध खेलेको थियो। जसमा उसले हारको सामना गर्नुपरेको थियो। त्यस्तै दोस्रो म्याचमा पाकिस्तानले भारतसँग हारको सामना गर्नुपर्‍यो।

त्यस्तै बंगलादेशले आफ्नो पहिलो खेल भारतसँग गुमाएको थियो। त्यस्तै बंगलादेशले दोस्रो खेलमा न्युजिल्यान्डविरूद्ध हार बेहोर्नु परेको थियो।

पाकिस्तानले यसपालि आईसीसी च्याम्पियन्स ट्रफीको आयोजना गरेको छ। अघिल्लो च्याम्पियन्स ट्रफीको विजेता पाकिस्तान यसपालि भने एक खेल पनि नजिती प्रतियोगिताबाट बाहिरिएको छ।

पाकिस्तान टिमको प्रदर्शनलाई लिएर पूर्वक्रिकेटरले आलोचना गरेका छन्।

प्रकाशित: १५ फागुन २०८१ २०:११ | Thursday, February 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast