अस्पताल पुगेर प्रधानमन्त्रीले लिए उपचाररत अर्थमन्त्री र मेयरको स्वास्थ्यबारे जानकारी

हिमाल प्रेस ४ फागुन २०८१ १९:०२ | Sunday, February 16, 2025
अस्पताल पुगेर प्रधानमन्त्रीले लिए उपचाररत अर्थमन्त्री र मेयरको स्वास्थ्यबारे जानकारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

प्रतिनिधिसभाको बैठक सकेर प्रधानमन्त्री ओली सीधै कीर्तिपुर बर्न अस्पताल पुगेका हुन्।

शनिबार पोखरा भ्रमण वर्षको उद्घाटन कार्यक्रममा बैलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए।

घटना भएलगत्तै मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल र महानगर प्रमुख आचार्यलाई फिस्टेल अस्पताल पोखरामा प्रारम्भिक उपचार गरिएको थियो।
प्रारम्भिक उपचारपछि दुवै जनालाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको छ।

शनिबारको तुलनामा दुवै जनाको स्वास्थ्यमा सुधार भएको अस्पतालका निर्देशक डा.किशोर नकर्मी र मेडिकल डाइरेक्टर डा.निजीता ताम्राकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संक्रमणको जोखिमलाई मध्यनजर गरी भेटघाटका कार्यक्रम बन्द गरिएको अस्पतालले जनाएको छ।

प्रकाशित: ४ फागुन २०८१ १९:०२ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast