अर्थमन्त्री र मेयरको उपचारबारे अस्पतालले भन्यो : आईसीयूमा हुनुहुन्छ, अनुहारमा ६ प्रतिशत जलन छ

हिमाल प्रेस ४ फागुन २०८१ ६:२६ | Sunday, February 16, 2025
अर्थमन्त्री र मेयरको उपचारबारे अस्पतालले भन्यो : आईसीयूमा हुनुहुन्छ, अनुहारमा ६ प्रतिशत जलन छ पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा शनिबार बेलुन फुट्दा सल्किएको आगो। तस्बिर : विजय नेपाल

काठमाडौँ- पोखरामा शनिबार भएको बेलुन जलेर पड्किँदा घाइते अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको उपचार काठमाडौँको कीर्तिपुर अस्पतालमा चलिरहेको छ।

बेलुनमा आगो सल्केपछि विष्फोट हुँदा घाइते भएका उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर उपचार गरिँदैछ। अस्पतालका अनुसार अहिले उनीहरूको उपचार सघन कक्षमा भइरहेको छ।

चिकित्सकको प्रारम्भिक अनुसन्धानअनुसार ५ देखि ६ प्रतिशत अनुहारमा जलन छ। यही कारण स्वास नली र फोक्सोमा असर देखिने सम्भावना छ।

चिकित्सकले निकालेको विज्ञप्तिअनुसार दुवैजनालाई उच्च निगरानीमा उपचार गर्नुपर्ने देखिन्छ। पोखरा भ्रमण वर्षको उद्घाटनशत्रको कार्यक्रममा सहभागी हुँदा बेलुन विष्फोट भएको थियो। अर्थमन्त्री र मेयरबाहेक अन्यलाई भने विष्फोटले असर नगरेको सहभागी एकजना बताउँछन्।

प्रकाशित: ४ फागुन २०८१ ६:२६ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast