अर्थमन्त्री पौडेलको उपचार सुरु, अवस्था खतरामुक्त

हिमाल प्रेस ३ फागुन २०८१ १७:०० | Saturday, February 15, 2025
अर्थमन्त्री पौडेलको उपचार सुरु, अवस्था खतरामुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल। फाइल तस्बिर

काठमाडौँ– आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ।

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीकाअनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो। मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ। यद्यपि अवस्था भने खतरामुक्त रहेको उनले जानकारी दिए।

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो। बेलुनमा आगो टिपेपछि उनीहरुको शरीरमा आगो सल्किएको थियो।

दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो। वर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीले दुवै जना अस्पतालमा भर्ना भएको र अहिले उपचार चलिरहेको बताए।

प्रकाशित: ३ फागुन २०८१ १७:०० | Saturday, February 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast