अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : कीर्गिस्तानविरुद्ध नेपालको जित

हिमाल प्रेस ५ फागुन २०८१ २०:१६ | Monday, February 17, 2025
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : कीर्गिस्तानविरुद्ध नेपालको जित

काठमाडौँ- अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ अन्तर्गतको खेलमा नेपालले कीर्गिस्तानविरुद्ध जित निकालेको छ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो खेलमा नेपालले कीर्गिस्तानलाई १-० ले पराजित गरेको हो।

नेपालका लागि विमला चौधरीले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्न पुग्यो। खेलको १०औं मिनेटमा दायाँ साइडबाट सबिता रानामगरले दिएको क्रसमा अर्की मिडफिल्डर विमलाले हेडमार्फत गोल गरेकी हुन्।

चार देश सम्मिलित प्रतियोगितामा जितसँगै नेपाल तीन अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा लेबनानलाई ३–१ ले पराजित गरेको म्यानमार शीर्ष स्थानमा छ।

प्रकाशित: ५ फागुन २०८१ २०:१६ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast