बहुमत पुग्छ, अध्यादेश पारित हुन्छ : योगेश भट्टराई

हिमाल प्रेस ८ फागुन २०८१ १२:३३ | Thursday, February 20, 2025
बहुमत पुग्छ, अध्यादेश पारित हुन्छ : योगेश भट्टराई

वीरेन्द्रनगर- नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सांसद योगेश भट्टराईले सरकारले संघीय संसद्मा प्रस्तुत गरेको अध्यादेश पारित हुने बताएका छन्।

प्रेस चौतारी नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित साक्षात्कारमा उनले अध्यादेश पारित गर्न संघीय संसद्मा सत्ता गठबन्धनसँग बहुमत भएको दाबी गरे।

सचिव भट्टराईले भूमि, सामाजिक सञ्जालसम्बन्धी लगायतका सबै अध्यादेश पारित हुने बताए। उनले भने, ‘राष्ट्रियसभा प्रतिनिधिसभाभन्दा परिपक्वहरूको थलो हो। त्यहाँबाट अध्यादेश पारित गर्छाै‌ं र पारित हुने उपाय हामीसँग छ यद्यपि त्यसबारे अहिले नै म भन्न चाहान्नँ।’

यसैगरी, सामाजिक सञ्चालसम्बन्धीको विधेयक पूर्ववर्ति सरकारले ल्याएको जनाउँदै उनले यो विधेयक नियन्त्रणमुखी नभई नियमनका लागि ल्याउन थालिएको स्पष्ट पारे।

उनले भने, ‘विगतका सरकारले ल्याएको बजेट र योजनामा वर्तमान सरकारले काम छ।’ कर्णालीको पूर्वाधार विकासका लागि कर्णाली तथा भेरी करिडोर, मदन भण्डारी र मध्यपहाडी राजमार्गमा जोड दिइएको उनले बताए।

प्रकाशित: ८ फागुन २०८१ १२:३३ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast