इजरायलमा अर्को सातादेखि कामदार पठाइँदै

हिमाल प्रेस १८ माघ २०८१ १०:३६
18
SHARES
इजरायलमा अर्को सातादेखि कामदार पठाइँदै

काठमाडौँ- सरकारले अर्को सातादेखि इजरायलमा कामदार पठाउने भएको छ। उनीहरूलाई केयरगिभरमा इजरायल पठाउन लागिएको हो। युद्धका कारण रोकिएका १ हजार युवामध्ये २६ जनासँग रोजगारदाताले करार सम्झौता गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।

तीमध्ये ९ सय २३ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ। वैदेशिक रोजगार विभागका इजरायल शाखा निर्देशक गिरिराज ज्ञवालीले पछिल्लो तीन दिनमा २६ नेपाली कामदारको करार सम्झौता भएको जानकारी दिए। ‘२६ जनालाई रोजगारीका लागि करार सम्झौता भइसकेको छ। बाँकी कामदार दुई महिनाभित्र पठाइनेछ’, उनले भने।

इजरायलमा युद्धविराम लागू भएपछि इजरायल पक्षले पत्र पठाएर कामदार पठाउन आग्रह गरेको हो। सोहीअनुसार रोकिएका नेपाली दुई महिनाभित्र इजरायल पठाउने गरी तयारी थालिएको ज्ञवालीले बताए। इजरायल र हमासको विद्रोही समूहबीच तनाव बढ्दै गएपछि नेपाली कामदार रोकिएका छन्। अब उनीहरुलाई जाने बाटो खुलेको विभागले जनाएको छ।

प्रकाशित: १८ माघ २०८१ १०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast