संसद्को हिउँदे अधिवेशन आजदेखि, विपक्षीले अध्यादेशको विरोध गर्ने

हिमाल प्रेस १८ माघ २०८१ ६:२१
12
SHARES
संसद्को हिउँदे अधिवेशन आजदेखि, विपक्षीले अध्यादेशको विरोध गर्ने

काठमाडौँ- संघीय संसद्को हिउँदे अधिवेशन आज सुरु हुँदैछ। दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलीय आधारमा सदस्यले मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। दुवै सदनमा सरकारका तर्फबाट ६ अध्यादेश पेस गर्ने कार्यसूची छ।

विपक्षी दलहरूले बोल्न दिने तर अध्यादेश पेस गर्न नदिने रणनीति बनाएका छन्। संसद्मा बोल्ने र अध्यादेश पेस गर्न लाग्दा अवरुद्ध गर्ने तयारी विपक्षी दलहरूको छ।

संसद् बैठकको अघिल्लो दिन सिंहदरबारस्थित बसेका विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतको बैठकले अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको थियो।

सरकारले संसद् नभएका बेला  ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१’, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ र भूमिसम्बन्धी अध्यादेश जारी भएको थियाे।

संविधानको ११४ (क) मा अध्यादेश जारी भएपछि बसेको संघीय संसद्को दुवै सदनमा पेस गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुनेछ।

प्रकाशित: १८ माघ २०८१ ६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast