महाकुम्भ भागदौड : ३० जनाको मृत्यु, दर्जनौँ घाइते

हिमाल प्रेस १६ माघ २०८१ १९:४६
26
SHARES
महाकुम्भ भागदौड : ३० जनाको मृत्यु, दर्जनौँ घाइते भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेला महोत्सवका क्रममा बुधबार राति भएको भागदौडमा घाइते तीर्थयात्रीलाई उद्धार गर्दै सुरक्षाकर्मी। तस्बिर : एएफपी/रासस

काठमाडौँ- भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा मच्चिएको भागदौडमा परेर कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

स्थानीय समयअनुसार बुधबार राति साढे एक बजेतर्फ कुम्भ मेलामा मच्चिएको भागदौडमा यो संख्यामा श्रद्धालुहरूको मृत्यु भएको हो।

महाकुम्भ नगर मेला क्षेत्रका डीआईजी वैभव कृष्णले बुधबार साँझ भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको बताएका छन्। यसअघि त्यहाँको स्थानीय प्रशासनले मृतकको संख्याबारे औपचारिक रूपमा केही बोलेको थिएन।

डीआईजी वैभवले भने,‘महाकुम्भ भागदौडमा ३० जनाको मृत्यु भएको छ जसमध्ये २५ जनाको सनाखत भएको छ। ६० जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ।’

ब्रह्म साइत कुरेर सुतिरहेका श्रद्धालुलाई त्यहाँ पुगेका अन्य श्रद्धालुले किल्चिँदा दुर्घटना भएको उनको भनाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ।

‘ब्रह्म साइत कुरेर सुरूदेखि कैयौँ श्रद्धालुहरू घाटमै सुतेका थिए। ठूलो संख्यामा त्यहाँ अन्य श्रद्धालुहरू पुग्यो। घाटमा पहिलेदेखि सुतिरहेका श्रद्धालुलाई उनीहरूले देखेनन्। त्यसपछि भागदौड मच्चियो,’ उनले भनेका छन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्थिति नियन्त्रणमा रहेको बताएका छन्। उनले भीड ज्यादै रहेको र बुधबार करिब दुई करोड श्रद्धालुले स्नान गरेको जानकारी दिएका छन्।

प्रकाशित: १६ माघ २०८१ १९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast