कैलाली- कैलालीको गोदावरी नगरपालिका-८ जोनापुरमा पाकेको तोरी उखेल्दै स्थानीय किसान। यस वर्ष तोरी खेतीका लागि अनुकूल मौसम भएकाले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ।
केन्द्रका अनुसार कैलालीमा तोरी (एकल बाली) छ हजार चार सय १० र तोरी (घुसुवा बाली) सात हजार पाँच सय ६० गरी कूल १३ हजार नौ सय ७० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ। तस्बिर : मीन ठकुरी/रासस
प्रकाशित: १५ माघ २०८१ ९:१२
प्रतिक्रिया