
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धन दलको बैठक बोलाएका छन्। अध्यादेशमा एकै स्वर बनाउन प्रधानमन्त्री ओलीले भोलि माघ १४ गते साँझ ५ बजे बालुवाटारमा बैठक राखेका हुन्। संसद् बैठक आगामी माघ १८ गते दिउँसो १ बजे बोलाइएको छ।
बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले १८ गतेको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ।
सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन काङ्ग्रेस र एमालेले आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्। तर, अन्य दल भने अध्यादेश ल्याएकोमा खुशी छैनन्।
प्रकाशित: १४ माघ २०८१ ६:२१
प्रतिक्रिया