काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन्। बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन पक्राउ पुर्जी जारी भएसँगै उनी अदालत उपस्थित भएका हुन्।
लामिछानेको मुद्दामा आज थुनछेक बहस हुँदैछ। उनको मुद्दा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।
लामिछानेसहित ४२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ। लामिछाने मंगलबार भैरहवा पुगेका थिए।
प्रकाशित: ९ माघ २०८१ ११:२७
प्रतिक्रिया