काठमाडौँ- नेपालमा ब्रान्ड र व्यापार परामर्श सेवाहरू प्रदान गर्न दक्षिण एसियाका दुई प्रुमख नामहरू क्रियो र स्ट्राटेजी सेन्ट्रल (आउटरिच नेपाल र एडीसीओएमएम समूह बंगलादेशको ब्रान्ड र स्ट्राटेजी परामर्शको भर्टिकल) ले साझेदारी गरेका छन्।
नेपालका लागि बंगलादेश दूतावासका कार्यवाहक मोहम्म्द हुमायुन कबीर र नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंलगायतको उपस्थितिमा काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच साझेदारीको औपचारिक घोषणा गरिएको हो।
दुवै कम्पनी मिलेर नेपाली ब्रान्डहरूलाई विश्वव्यापी ब्रान्डको प्रभुत्व भएको प्रतिस्पर्धात्मक परिदृश्यमा फस्टाउन सशक्त बनाउने लक्ष्य राखेका छन्। यो साझेदारीले घरेलु ब्रान्डहरूले सामना गर्ने प्रमुख चुनौतहिरूलाई सम्बोधन गर्ने विश्वास दुवै कम्पनीले दिएका छन्।
कार्यक्रममा स्ट्राटेजी सेन्ट्रलका अध्यक्ष र एडीसीओएमएम समूहका प्रबन्ध निर्देशक नजिम फरहान चौधरीले घरेलु ब्रान्डहरू उचाइमा पु¥याउने आफूहरूको साझा दृष्टिकोण दुई दशकभन्दा लामो प्रयासपछि आकार लिएको बताए।
त्यस्तै क्रियोका निर्देशक र आउटरिचका संस्थापक उजय शाक्यले घरेलु ब्रान्डहरूको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए।
स्ट्राटेजी सेन्ट्रलका संस्थापक एवं प्रबन्ध निर्देशक शाहरियार रहमानले ब्रान्डिङका लागि उन्नत अभ्यास र प्रविधिहरूको लाभ उठाउँदै आधारभुत कुराहरूमा ध्यान केन्द्रित गर्ने रहेको बताए।