तस्बिरमा भौतिक पूर्वाधार निर्माण : सुरुङदेखि फ्लाइ ओभरसम्म
हिमाल प्रेस
४ माघ २०८१ ७:२२
24
SHARES
काठमाडौँको बलम्बु र धादिङको सिस्नेखोला जोड्ने दुई दशमलव छ सय ८८ किलोमिटर लामो नागढुंगा सुरुङमार्ग। सुरुङ सञ्चालनमा आएपछि राजधानीमा ट्राफिक जाम कम हुने अपेक्षा गरिएको छ।
ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइ ओभर। चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डको ग्वार्को चोकमा १७ करोड ३७ लाख रुपैयाँ लगानीमा फ्लाइ ओभर निर्माण कार्यलाई तीव्रता दिइएको हो।कञ्चनपुरको दैजी र डडेल्धुराको जोगबुढा जोड्ने निर्माणाधीन सडकखण्ड। दुई खण्डमा निर्माणको काम जारी रहेको यो सडक डडेलधुराको भित्री मधेश र तराईसँग छोटो दूरीमा जोडिएको छ।मोरङको सुन्दरहरैँचा नगरपालिका-४ मा रहेको एक उद्योगमा निर्माण भएको ह्यूमपाइपलाई बलियो बनाउन पानीमा डुबाएर राखिँदै।पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्डको रजहरमा कल्भर्ट निर्माण गर्दै श्रमिकहरू। सडक विस्तारको काम ढिलाई भएको चौतर्फी गुनासो आइरहेको बेला अहिले कामले तीव्रता पाइरहेको छ।पौवादुङमा गाउँपालिका-३ च्याङ्ग्रेमा रहेको निर्माणधीन च्याङग्रे पोखरी र पञ्चकन्या देवस्थल। केन्द्र सरकार र गाउँपालिकाको दुई करोड १३ लाख लागत साझेदारीमा भइरहेको संरक्षण काम ७५ प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।कोशी राजमार्गको चारकोसे जंगलमा पर्ने सेउती खोलाको निर्माणाधीन दुई लेनको पुल। चार लेन सडकको दुई लेनको पुल निर्माण भइसकेर सञ्चालनमा छ भने निर्माणाधीन प्रिस्ट्रेस डिजाइनको ४० मिटर लामो पुल यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको रानी-विराटनगर-इटहरी-धरान सडक योजना कार्यालयले जनाएको छ।चितवनको भरतपुर महानगरपालिका-१५स्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला। २०८१ मंसिरसम्म १३ प्रतिशत काम सकिएको रंगशालाको हाल द्रुतगतिका साथ काम भइरहेको छ। लामो समय अलपत्रमा परेको रंगशाला भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारको सहकार्यमा धमाधम निर्माण भइरहेको छ।