हरिवंश अभिनीत ‘भूठान’ वैशाख १२ प्रदर्शन

हिमाल प्रेस २५ पुष २०८१ १४:२९
6
SHARES
हरिवंश अभिनीत ‘भूठान’ वैशाख १२ प्रदर्शन

काठमाडौँ- अभिनेता हरिवंश आचार्य अभिनीत फिल्म ‘भूठानः ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ आगामी वर्ष वैशाख १२ मा प्रदर्शन हुने भएको छ। फिल्ममा भुटानी शरणार्थीको जीवन र सङ्घर्षलाई प्रस्तुत गरिएको टिमले जनाएको छ।

फिल्मले भुटानदेखि भारत, नेपालहुँदै अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देश प्रेमको कथामा आधारित छ। हरिवंश आचार्यसँगै फिल्ममा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोयस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी र हलिउडका चर्चित अभिनेता ब्रुस डर्नको अभिनय छ।

फिल्मका निर्देशक विनोद पौडेल हुन्। पौडेलले यसअघि ‘बुलबुल’ फिल्म प्रदर्शन गरेका थिए। यो उनको दोस्रो निर्देशन हो। फिल्मको निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन्। सुसन प्रजापतिले छायांकन, गरेको फिल्म अन्जय खड्काको सम्पादनमा बनेको छ।

प्रकाशित: २५ पुष २०८१ १४:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast