पार्टी प्रवेशको २ नपुग्दै सर्वेन्द्र खनालले छाडे एमाले

हिमाल प्रेस २२ पुष २०८१ ६:४३
34
SHARES
पार्टी प्रवेशको २ नपुग्दै सर्वेन्द्र खनालले छाडे एमाले २ वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट अविर लगाएर एमाले प्रवेश गर्दैगर्दा खनाल। फाइल तस्बिर

काठमाडौँ- दुई वर्षअघि तामझामसहित प्रवेश गरेका सर्वेन्द्र खनालले अन्ततः नेकपा एमालेबाट छाडेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध नरहेको बताएका हुन्।

उनले लेखेका छन्, ‘हजुरहरू मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु, कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन। म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु।’

उनले आगामी दिनमा देश र समाजको हितका लागि आफ्नो समय व्यतीत गर्ने पनि उल्लेख गरेका छन्। खनाल औपचारिक रूपमा ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरेका थिए। गत आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका उनी उपनिर्वाचनमा तनहुँबाट समेत पराजय बेहोरेका थिए। तर पछिल्ला ताका उनी एमाले नेतृत्वसँग असन्तुष्ट रहेको एमाले नेताहरूको भनाइ छ। निर्वाचनमा समेत एमालेकै कार्यकर्ताले मत नहालेको गुनासो खनालको थियो।

प्रकाशित: २२ पुष २०८१ ६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast