पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध ‘हिन्दु रत्न’ अवार्ड प्रदान

हिमाल प्रेस २० पुष २०८१ १५:१०
16
SHARES
पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध ‘हिन्दु रत्न’ अवार्ड प्रदान

काठमाडौँ– विश्व हिन्दु महासंघले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई ‘हिन्दु रत्न’ अवार्ड प्रदान गरेको छ।

महासंघले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजना गरेको एक विशेष समारोहमा सांसद आलेलाई हिन्दु धर्म संरक्षण एवं सम्बद्र्धनका अगुवा कालीबाबा शंकराचार्यसहित महासंघका पदाधिकारीहरुले उक्त अवार्ड प्रदान गरेका हुन्।

महासंघले प्रत्येक पाँच वर्षमा विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनमा विशिष्ट योगदान पुर्‍याउनेलाई यो अवार्ड प्रदान गर्दै आएको छ।

हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनका साथै सनातन हिन्दु धर्मावलम्बीहरुको सेवा तथा संरक्षणमा विशिष्ट योगदान पुर्‍याएको उल्लेख गर्दै आलेसहित विश्वका विभिन्न देशका विभिन्न व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गरिएको हो।

त्यसअवसरमा महासंघका अन्तर्राष्ट्रिय पदाधिकारीहरु, भारतका वरिष्ठ समाजसेवीहरु, नेपालका पूर्वउपराष्ट्रपति परमानन्द झासहित विभिन्न देशका वरिष्ठ प्रतिनिधिको उपस्थिति रहेको आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए।

यो अवार्ड पाउनेहरूमा बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतका समाजसेवीहरु एसएस अग्रवाल र निता अम्बानी, भारतीय उद्योगपति गीताञ्जली कर्लोस्कर, अमेरिकाका धर्म गुरु स्वामी जय पतका, भारतका समाजसेवी भगवान गंगाराम पाण्डे, राजश्री बिरला, श्रीलंकाका बौद्ध धर्मगुरु थेरो सुमेधा, आर्या समाज सिंगापुरका अध्यक्ष ओमप्रकाश राईलगायत छन्।

सांसद आलेले आफूलाई विश्वका विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुसहित अवार्ड प्रदान गरेकोमा महासंघलाई धन्यवाद दिए।

त्यस अवसरमा भारतको समाजवादी पार्टीका महासचिव हेमानन्द गिरी, विश्व हिन्दु महासंघका अध्यक्ष एवं भारतका पूर्वमन्त्री डा. आजय सिंहले राजनीति, समाजसेवा तथा आध्यात्मिक क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याएका विभिन्न देशका विशिष्ट व्यक्तित्वलाई सम्मान गर्न पाएकोमा महासंघ तथा खाटु श्याम दिल्लीधामका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast