काठमाडौँ- मधेश प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो।
मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको एक मन्त्रीले बताए। मन्त्रिपरिषद् बैठकले २३ पुसमा अधिवेशन बोलाउन सिफारिस गरेको उनले जानकारी दिए। प्रदेशसभाको तेस्रो अधिवेशन ४ असोजमा अन्त्य भएको थियो। प्रदेशसभाको अधिवेशन बोलाउन ढिलाइ भएको भन्दै प्रतिपक्षीका साथै सत्तारुढ दल पनि आक्रोशित बनेको थिए।
प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालको दुई दिनअघि बसेको प्रदेश संसदीय दलको बैठकले तत्काल प्रदेशसभा अधिवेशन बोलाउन सरकारसँग माग गरेको थियो।
प्रकाशित: १७ पुष २०८१ १६:०२
प्रतिक्रिया