काठमाडौँ- जनमत पार्टीले काठमाडौँको माइतीघरमा धोती दिवस मनाएको छ। जनमत पार्टीले पूर्वघोषित कार्यक्रमअनुसार बुधबार धोती दिवस मनाएको हो।
धोती दिवसको अवसरमा विद्यार्थी जनमत संघ र जनमत संयुक्त संघले र्याली निकालेका छन्।
धोती आफूहरूको पहिचान भएको भन्दै जनमत पार्टीले हरेक वर्ष दिवस मनाउँदै आएको छ। धोती लगाएकै आधारमा कसैमाथि भेदभाव गर्न नमिल्ने र्यालीमा सहभागी नेताहरूले बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सीके राउतले धेरै भेसभुसा, भाषाभाषी हुनु नेपालको सम्पत्ति भएको बताए। सबैलाई सम्मान गर्न सकेमात्र देशको भलो हुने उनको भनाइ थियो।
राउतले नेपालमा धेरै जातजाति, भाषाभाषीहरू हुनु कमजोरी नभएको जिकिर गरे।
प्रकाशित: १७ पुष २०८१ १४:३१
प्रतिक्रिया