सीजीको ‘आयन भी’ गाडी नेपालमा

हिमाल प्रेस ९ माघ २०८१ ११:४८ | Wednesday, January 22, 2025
सीजीको ‘आयन भी’ गाडी नेपालमा

काठमाडौँ- सीजी मोटर्सले ‘आयन भी’ नेपालमा भित्र्याएको छ। सीजीले मंगलबार काठमाडौँमा औपचारिक रूपमा सार्वजनिक गरेको हो। आयनले चीनमा गुणस्तरीय वान् ईभी ब्रान्डको रूपमा आफ्नो पहिचान कायम गरेको छ। यसै का आधामा नेपालको विद्युतीय सवारी साधनको मुख्य वितरक सीजी मोटर्सले आयन भीको नेपाल भित्र्याएको छ।

कम्पनीका अनुसार एलीट भेरियन्टले ५२० किलोमिटरको रेन्ज प्रदान गर्दछ। जुन, ६२.७ (किलोवाट प्रति घण्टा) क्षमताको म्यागजिन ब्याट्रीबाट सञ्चालित छ।

लामो यात्रा चाहनेहरूका लागि लक्जरी भेरियन्टले ६५० किलोमिटरको प्रभावशाली रेन्ज पनि गाडीमा छ। जसमा यस सेग्मेन्टको सबैभन्दा बढी ७५ं३ (किलोवाट प्रति घण्टा) क्षमताको म्यागजिन ब्याट्री समावेश भएको सिजिले जनाएको छ।

दुई भेरियन्टमा उपलब्ध आयन भीले प्रत्येक यात्राको लागि उत्कृष्ट प्रदर्शन, आरामदायी सुविधाहरू प्रदान गर्ने सीजी मोटर्सले जनाएको छ।

उच्च प्रविधि, उच्च सुरक्षा मापदण्ड, र वातावरणमैत्री डिजाइनका कारण आयनले विश्वव्यापी अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड कायम गर्दै आएको छ।

प्रकाशित: ९ माघ २०८१ ११:४८ | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast