सिमेन्टको मूल्यवृद्धि रोक्न लेखा समितिको निर्देशन

हिमाल प्रेस ९ माघ २०८१ १७:२२ | Wednesday, January 22, 2025
सिमेन्टको मूल्यवृद्धि रोक्न लेखा समितिको निर्देशन

काठमाडौँ- सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको संघीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय अस्वभाविक रुपमा बढेको सिमेन्टको मूल्यमा हस्तक्षेप गरी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो।

समिति सभापति ऋषिकेश पोखरेलले समितिले हाल सिमेन्टको मूल्यमा अस्वाभाविक मूल्यवृद्धि भएको निष्कर्षमा समिति पुगेकाले तत्काल नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएकाे जानकारी दिए।

सिमेन्टको मूल्यबारे आवश्यक अध्ययन गरी ७ दिनभित्र जवाफ पेस गर्न समेत समितिले निर्देशन दिएको छ।

प्रकाशित: ९ माघ २०८१ १७:२२ | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast