साँफेबगरको एमाले वडा कमिटी नै भीम रावलको अभियानमा [निर्णयसहित]

हिमाल प्रेस १२ माघ २०८१ ६:३८ | Saturday, January 25, 2025
साँफेबगरको एमाले वडा कमिटी नै भीम रावलको अभियानमा [निर्णयसहित]

काठमाडौँ- भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा एमालेका कार्यकर्ता जोडिन अछामका नेताले एमाले छाडेका छन्।

अछाममा एमाले साँफेबगर १० को वडा कमिटी नै रावलको अभियानमा लागेको छ। उनीहरु शुक्रबार भएको मातृभूमि जागरण अभियान नेपालको कार्यकर्ता भेलामा सहभागी हुँदै पूरै कमिटी अभियानमा समाहित भएका छन्। वडामा २५ सदस्यीय ‘मातृभूमि जागरण अभियान’ तदर्थ समिति गठन भएको छ ।

पुस १० गते एमालेले रावललाई कारबाही गर्दै साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेपछि उनले मातृभूमि जागरण अभियान खोलेर संठगन विस्तार गरिरहेका छन् । यस अघि सुदूरपश्चिमका हजारभन्दा बढी एमालेका नेता कार्यकर्ता अभियानमा जोडिएका थिए ।

प्रकाशित: १२ माघ २०८१ ६:३८ | Saturday, January 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast