सभापति कप फुटबल : संकटा क्लब विजयी

हिमाल प्रेस १० माघ २०८१ १८:०५ | Thursday, January 23, 2025
सभापति कप फुटबल : संकटा क्लब विजयी
काठमाडौँ– राजधानीमा बिहीबारदेखि सुरु सभापति कप पुरुष फुटबल प्रतियोगितामा संकटा क्लबले विजयी सुरुआत गरेको छ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा संकटा क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो। संकटाको जितमा अबेक रिर्चडले दुई गोल गरे भने चन्दन दासले एक गोल गरे।

खेलको २३औँ मिनेटमै रिचर्डले संकटालाई सुरुआती अग्रता दिलाए। त्यस्तै खेलको ७० औँ मिनेटमा श्रीजन क्षेत्रीले चर्च ब्वाइजका कप्तान अनन्त तामाङलाई बिट गर्दै दिएको बललाई रिचर्डले नै जाली चुमाउँदै टोलीको अग्रता दोब्बर बनाए। खेलको ७३ औँ मिनेटमा चन्दन दासले गोल गरे।

यो हारसँगै चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ। भोलि दिउँसो ३ बजे मछिन्द्र क्लब र विभागीय टोली एपिएफ कल्बबीच प्रतिस्पर्धा हुनेछ।

नकआउट चरणमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता छ। प्रतियोगिताको विजेता टोलीले २६ लाख तथा उपविजेता टोलीले  १३ लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रकाशित: १० माघ २०८१ १८:०५ | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast