सभापति कप फुटबल भोलिदेखि

हिमाल प्रेस ९ माघ २०८१ २१:०६ | Wednesday, January 22, 2025
सभापति कप फुटबल भोलिदेखि
काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा सभापति कप फुटबल प्रतियोगिता भोलिदेखि हुँदैछ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भोलि हुने उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

नकआउट चरणमा हुने प्रतियोगितामा विभिन्न आठ टिमको सहभागिता रहनेछ। प्रतियोगिताका सहभागी टिमले तयारी राम्रो भएको बताएका छन्।

प्रतियोगिताको खेल हेर्न आउने दर्शकका लागि भिआइपी प्याराफिटतर्फ तीन सय र साधारणतर्फ एक सय रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले २६ लाख र उपविजेता टोलीले १३ लाख रुपैयाँ  प्राप्त गर्नेछ।

यसैगरी हरेक खेलमा म्याच फि का रूपमा प्रत्येक टिमले ५० हजार रुपैयाँ पाउनेछन् भने प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ।

सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: ९ माघ २०८१ २१:०६ | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast