रास्वपा केन्द्रीय कार्यालय ।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक आह्वान गरेको छ। सोमबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेगरी बैठक आह्वान गरेको हो।
बैठकमा संसद् बैठकमा पार्टीले उठाउने विषयका बारेमा छलफल हुने जनाइएको छ। बैठकमा पार्टीको संगठन निर्माण र पछिल्लो समय चलिरहेको अभियानका विषयमा छलफल हुने रास्वपाका एक नेताले बताए।
बैठकमा सभापति रवि लामिछानेको कानुनी प्रक्रियाका विषयमा समेत छलफल हुने जनाइएको छ।
प्रकाशित: १३ माघ २०८१ ११:५२ | Sunday, January 26, 2025
प्रतिक्रिया





