काठमाडौँ- नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे बस्ने भएको हो।
संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीति तय गर्न दलको बैठक बस्न लागेको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। उनका अनुसार बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने छ।
आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन्।
प्रकाशित: १५ माघ २०८१ ८:४४ | Tuesday, January 28, 2025
प्रतिक्रिया




