संसद्‌मा आज प्रधानमन्त्रीसहित शीर्ष नेताले बोल्ने

हिमाल प्रेस १८ माघ २०८१ ६:५८ | Friday, January 31, 2025
संसद्‌मा आज प्रधानमन्त्रीसहित शीर्ष नेताले बोल्ने

काठमाडौँ- संसद् बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बोल्ने कार्यसूची छ।

अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पार्टी उपसभापतिसमेत रहेका सांसद डा.स्वर्णिम वाग्लेले बोल्ने तय भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्षसमेत रहेका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बोल्ने तय भएको छ।‍

यीबाहेक संसद्‌मा प्रतिनिधित्व गर्ने दलका नेताले पनि धारणा राख्नेछन्। नेताहरूले धारणा राखिसकेपछि अध्यादेश पेस हुने कार्यसूची छ। सरकारले ल्याएका ६ वटा अध्यादेशहरू बैठकमा पेस हुनेछ। बैठक दिउँसो १ बजे सुरु हुनेछ।

याे पनि

संसद्को हिउँदे अधिवेशन आजदेखि, विपक्षीले अध्यादेशको विरोध गर्ने

प्रकाशित: १८ माघ २०८१ ६:५८ | Friday, January 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast