संसदीय गणतन्त्र माओवादीको कार्यदिशा होइन : श्रेष्ठ

हिमाल प्रेस १२ माघ २०८१ १६:१० | Saturday, January 25, 2025
संसदीय गणतन्त्र माओवादीको कार्यदिशा होइन : श्रेष्ठ

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन्।

माओवादी केन्द्रको भ्रातृ संगठन नेपाल बुद्धिजीवी संगठनको तेस्रो जिल्ला सम्मेलनमा उनले ‘पार्टीको रुपान्तरण अनिवार्य शर्त हो, नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल बनाउँदै समृद्धितर्फ लैजाने हाम्रो कार्यभार हो, बताए।

उनले समाजवाद उन्मुख समावेशी लोकतन्त्र संविधानको अन्तरवस्तु रहेको बताउँदै परम्परागत संसदीय गणतन्त्र माओवादीको कार्यदिशा नभएको स्पष्ट पारे।

‘विदेशी भूमिमा श्रम गर्न गएका ३० लाख नेपालीलाई हामीले फर्काउन सकेनौँ भने हाम्रो राजनीतिक उद्देश्य प्राप्त हुन सक्दैन, अब सुशासन, समृद्धि र सामाजिक न्यायमा केन्द्रित हुनुपर्छ,’ श्रेष्ठले भने।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि दाहाल, ललितपुर जिल्ला अध्यक्ष शिव कट्टेललगायत नेताहरुले कार्यक्रममा आफ्नो धारणा राखेका थिए।

प्रकाशित: १२ माघ २०८१ १६:१० | Saturday, January 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast