संविधानको आधारभूत कुरा चलाउनुहुँदैन, फेरि १० वर्ष खेर जान्छ : गगन थापा

हिमाल प्रेस १३ माघ २०८१ १५:०८ | Sunday, January 26, 2025
संविधानको आधारभूत कुरा चलाउनुहुँदैन, फेरि १० वर्ष खेर जान्छ : गगन थापा

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा केही हेरफेर भए पनि आधारभुत कुरामा परिवर्तन नहुने बताएका छन्। आइतबार काठमाडौँमा आयोजित मीनकुमारी राणा प्रतिष्ठानको छात्रवृत्ति वितरण कार्यक्रम बोल्दै उनले फेरि अर्को व्यवस्था खोज्न थालिए अर्को दश वर्ष पनि खेर जाने टिप्पणी गरेका हुन्।

‘यो संविधानमा तलमाथि केही फेरबदल गर्ने हो, गरौँला,’ थापाले भने, ‘यो संविधानका आधारभूत कुराहरू हामीले चलाउने हो। फेरि हामी अर्को विकल्प, अर्को व्यवस्था हामी कसैले सोचिरहेका छौँ भने यो मान्नुहोला अर्को दश वर्ष फेरि खेर जान्छ। यो भारी व्यवस्थालाई बोकाउने काम नगरम।’

संविधानअनुसार आवधिक निर्वाचन हुने र जित्नेहरूले सरकार चलाउने भन्दै थापाले यसलाई सामान्य प्रक्रियाका रूपमा लिनुपर्ने बताए। यद्यपि आफूहरूले नेतृत्व भने बदल्न खोजेको थापाको भनाइ छ।

‘अहिले हामीसँग एउटा संविधान छ, पाँच-पाँच वर्षमा चुनाव हुन्छ,’ उनले भने, चुनावमा पार्टीहरू आउँछन्। जित्छन्, हार्छन्। एउटा पार्टी हारेर केही पनि फरक पर्दैन। हाम्रो पार्टीले राम्रो गरेन भने अर्कोपटक चुनाव हार्छौँ हामी। केही हुँदैन। एउटा नेता मन्त्री, प्रधानमन्त्री हुने पनि ठूलो कुरा होइन। एउटा महत्त्वपूर्ण कुरा हो नेतृत्व बदल्ने।’

प्रकाशित: १३ माघ २०८१ १५:०८ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast