संघीय प्रतिनिधिसभाको बैठक। फाइल तस्बिर
                                            काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले माघ १८ गते शुक्रबार १ बजे संघीय संसद्को अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गरेका हुन्।
‘राष्ट्रपतिज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ माघ ७ गतेको सिफारिसमा संवत् २०८१ साल माघ १८ गते १३ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि वैशाख २८ गते सुरु भएको बर्खे अधिवेशनमा असोज ३१ गते अन्त्य भएको थियो।
                            प्रकाशित: ८ माघ  २०८१ ११:४९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             

